|

नेकपा ताप्लेजुङद्वारा पुष्पलालको सम्झाना

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ७ । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा अन्तक्र्रिया आयोजना गरेको छ । नेकपाका संस्थापक सदस्य पुष्पलाल श्रेष्ठको सम्झाना गर्दै स्मृति दिवसका दिन बुधबार नेकपा ताप्लेजुङले पार्टी कार्यालयमा अन्तक्र्रिया आयोजना गरेको हो ।
केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बोको उपस्थितिमा आयोजित कार्यक्रममा नेकपाका जिल्लास्तरीय नेता तथा उपलब्ध अगुवा कार्यकर्ताहरु सहभागी भएका थिए । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बृहत नभई सीमित रुपमा उपलब्ध जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागितामा स्मृतिसभा सम्पन्न गरिएको जिल्ला कमिटी कार्यालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरज ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थापक सदस्य पुष्पलालको तस्बिरमा माल्यार्पण गर्नुका साथै उहाँले नेकपा स्थापनाका लागि पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो । हाल नेकपाभित्र अन्तर सङ्घर्ष चुलिरहेको बेला संस्थापक सदस्य पुष्पलाल श्रेष्ठको स्मृति दिवसले पार्टी एकतावद्ध र मजबुत बनाउनमा प्रेरणा मिलोस् भन्ने वक्ताहरुले धारणा राखेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts