थप १०१ जना संक्रमित थपिए, एक जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, साउन २ । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस (कोभिड ९१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।
मृतकको परिवार उपचारका लागि फागुनमा नै भारतमा गएको र १३ दिनअघि मात्र फर्किएर होम क्वारेन्टिनमा बसेका थिए । उनी मधुमेह र मुटु रोगका विरामी समेत रहेका ७३ वषर्ीय पुरुषामा स्वास प्रश्वासमा समस्या भएपछि धरान लगिएका थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सख्यष ४० पुगेको छ ।
कहाँ कहाँ भेटिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् । यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८र८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३र३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २(२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts