|

प्रधानमन्त्री पदबाट राजीनामा दिन प्रचण्ड र नेपालले गरेको प्रस्ताव ओलीद्धारा अस्विकार

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन गरेको आग्रह ओलीले अस्वीकार गर्नु भएको छ । साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बस्नु भएको थियो । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुग्नु भएको थियो । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी हुनु भएको थियो । बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गर्नुभयो । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेता (प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) को छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको एक नेताले बताए । तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताउँदै आउनु भएको छ । प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राख्नु भएको थियो । ओली त्यसमा सहमत हुनुहुन्न । बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने भन्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन् । तर सहमति जुटेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts