आईजीपी ज्ञवालीको विदाइ गरिँदै, थापाले भोलिबाट कार्यभार सम्हाल्ने
काठमाडौ,असार २४ । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदै हुनुहुन्छ । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लाग्नु भएको हो । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नु भएका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नहुने छ । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ । प्रहरीका एकजना एसएसपीका अनुसार महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् । नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार भोलीका लागि राखिएको छ । त्यसपछि उहाँलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ । स्रोत ः अनलाईन खबर