ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

ब्रासिलिया,असार २४ । — ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनु भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताउनु भएको हो । उच्च ज्वरो आएपछि उहाँले कोरोना भाइरसको परीक्षण गराउनु भएको थियो । मंगलबार आएको रिपोर्टमा उहाँमा कोरोना पोजिटिभ देखिएको हो । आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’ राष्ट्रपति बोलसोनारोले यसअघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आउनु भएको छ । उहाँले कोरोना महामारीलाई पटक–पटक सामान्य रुपमा मात्रै लिएको अभिव्यक्ति दिइरहनु भएको छ । उहाँले कोरोना भाइरसको संक्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिनु भएको छ । उहाँले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि पटक–पटक मजाकमा उडाउनु भएको थियो । कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । (कान्तिपुर अनलाईनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts