पाकिस्तानका विदेश मन्त्री कुरैशीलाई कोरोना सङ्क्रमण

अरुलाई पनि शेयर गरौ !

काठमाडो,असार २० – पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । सङ्क्रमण पुष्टि भएलगत्तै आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँको भनाई छ । ‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts