|

ताप्लेजुङमा पहिलो पटक एकजनाको पीसीआर रिर्पोट पोजेटिभ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १७ । कोरोना संक्रमणका दृष्टीले अहिले सम्म सुरक्षित रहेको ताप्लेजुङमा बुधवार(आज) पहिलो पटक एकजना पीसीआर पोजेटिभ व्यक्ति फेला परेका छन् ।
साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका ति युवा ज्वरो सहितका समस्याका कारण उपचारका लागि जिल्ला अस्पतालको फिबर कक्षमा भर्ना भएका थिए । बिभिन्न देशबाट फर्किएर क्वारेन्टाईनमा बसेका नागरिक र शंकास्पद गरी २० जनाको स्वाब सोमवार संकलन गरी परीक्षणका लागि पठाईएकोमा ति व्यक्तिको पीसीआर रिर्पोट भने पोजेटिभ आएको हो । यसअघि २ जनाको आरडीटी रिर्पोट पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण गर्दा उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो । यसअघि ताप्लेजुङमा १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आईसकेको छ । परीक्षण लागि २० जनाको स्बाव पठाईएकोमा १ जनाको पीसीआर रिर्पोट पोजेटिभ आएपछि १ सय ७१ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ । पीसीआर रिर्पोट पोजेटिभ आएका व्यक्तिलाई उपचारका लागि मेची अञ्चल अस्पताल झापा वा मोरङको गोठगाउँस्थित केन्द्रमा पठाउने बारे छलफल भईरहेको स्रोतले जानकारी दिएको छ । पीसीआर पोजेटिभ आएको बारे कोभिड–१९ नियन्त्रण जिल्ला समितिले भने अहिले सम्म औपचारिक केहि जानकारी दिएको छैन । यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना संक्रमित फेला परेपनि ताप्लेजुङमै पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको भने यो पहिलो पटक हो । यसअघि झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा फेला परेका ताप्लेजुङका कोरोना संक्रमित भने निको भएर घर फर्कि सकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts