तिब्बतको डिङ्जी काउन्टी सरकारले दिएको आरडीटी सहितका सामान फुङ्लिङ आई पुग्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १७ । चीनको स्वसासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि पठाएको ¥यापीड डाईग्नोस्टिक टेष्ट(आरडीटी) किट सहितका सामग्री फुङ्लिङ आई पुगेको छ ।
१ हजार २ सय थान आरडीटी किट,१ हजार २ सय थान एन–९५ मास्क,९६ थान थर्मलगन र केहि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री फुङ्लिङ आई पुगेको जिल्ला कोरोना नियन्त्रण समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । १ लाख १० हजार थान सर्जिकल मास्क,पीपीई सहितका सामग्री पनि नेपाल–तिब्बत सीमा नाका टिपतालामै रहेको र केहिदिनमा ल्याउने तयारी भईरहेको समेत प्रजिअ निरौलाले बताउनुभयो । बढी आवश्यक देखिएकार आरडीटी किट सहितका सामग्री भने पहिलो चरणमा पठाउन कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सीमावर्ती फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिलाई आग्रह गरेको थियो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले ज्यादै थोरै मात्रामा मात्र फुङ्लिङमा आरडीटी किट रहेको अवस्थामा टिपताला आई पुगेका आरडीटी किट सहितका सामग्री जसरी भएपनि फुङ्लिङ ल्याईनुपर्ने समस्या टार्न फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिले सहयोग गरेको बताउनुभयो । उहाँले टिपतालामा रहेको सामान ल्याउन समेत फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिमार्फत पहल भईरहेको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सरोज एभेङ,फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका अध्यक्ष छेतेन भोटे र गाउँपालिका प्रवक्ता छेतेन वालुङ लगायतले सामग्री व्यवस्थापनका लागि तिब्ब्ती अधिकारीसंग समन्वय गर्नु भएको थियो । यसैबीच जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कोभिड–१९ बिरुद्धका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चीन,स्वशासित क्षेत्र तिब्बत र डिङ्जी काउन्टी सरकारलाई धन्यवाद दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts