|

धैर्यता नगुमाउन र एकताबद्ध हुन नेतृत्वलाई मन्त्रीद्वयको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी

ताप्लेजुङ, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रभावशाली दुई मन्त्रीले सामाजिक सञ्जालमा ट्विट गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादित परिस्थति सही दिशामा मोडिने विश्वास लिएका छन् । ओली सरकारका प्रभावशाली मन्त्री ठानिएका पर्यटनमन्त्री योगेशकुमार भट्टराई र कृषि मन्त्री घनश्याम भुषालले आफ्नो ट्विटमार्फत संवादबाटै समाधान निस्कने विश्वास लिएका छन् ।
पर्यटनमन्त्री भट्टराईले ‘बुधबार बिहान ट्विट गर्दै सबै दिन राम्रा हुन्छन् र राम्रै मानिन्छन् । बुधबारलाई अलि बढी राम्रो दिन मान्ने नेपाली चलन छ । आज बुधबार आशा छ, परिस्थिति सही दिशामा मोड्ने छ’ भनेका छन् । नेकपाको स्थायी कमिटी बैठकमा बुधबार आज सहमति सहितको निर्णायक नतिजा आउने मन्त्रीद्वयको विश्वास छ । मंगलबार साँझ ट्विट गर्दै मन्त्री भट्टराईले एक पटक आफैंलाई हेरेर अर्कालाई बुझ्न, टाढा नजान, नजिक आउन र संवाद गर्न शीर्ष नेतृत्वलाई आग्रह गरेका थिए ।
यस्तै कृषि मन्त्री भुषालले ‘हामी हरेकले फेरी एक पटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो, नहड्बढाएर र एकताबद्ध भएर यसको सामना गरिने छ’ भन्दै शीर्ष नेतृत्वलाई हतारमा निर्णय नलिन सुझाएका छन् । पार्टीलाई जहाजको संज्ञा दिँदै उनले ‘हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो’ भनेर नेतृत्वलाई जहिल्यै हुने विवादबाट अलग हुन समेत मन्त्री भुषालले सुझाएका छन् ।
मन्त्रीद्वय भट्टराई र भुषाल दुबै नेकपाका स्थायी समिति सदस्य हुन् । प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका दिन ‘नयाँ नक्सा जारी गरेपछि भारत आफुलाई पदबाट हटाउन लागि परेको भन्दै’ दिएको अभिव्यक्तिसँगै मंगलाँरबाट जारी नेकपाको स्थायी समिति बैठकमा ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न शीर्ष नेतृत्वको दबाब परेको छ । यहि मुद्दा शीर्ष नेतृत्वसहित स्थायी समितिका प्रभावशाली नेताले बुधबारको बैठकमा उठाउने योजना बनाएपछि ओलीबिरुद्धको सत्तारुढ दलभित्रको समिकरणबारे बहस समेत हुन थालेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts