कुलोले बगाउँदा बालकको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार १५ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं. १ सिनामका ७ वर्षे बालक रविन दर्जीको नेबु खोला नजिकैको कुलोमा बगेर ज्यान गएको छ । सिनाम जौबारी बस्ने सविना दर्जीका छोरा रबिनलाई नेबु खोला नजिकैको कुलोमा बगेर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
करिव ११ बजेतिर घरबाट निस्किएका रबिनलाई कुलोको पानीले होम पाइप भित्री भागसम्म लगेको थियो । मृत अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि ताप्लेजुङ अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts