नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखामा चुनियो गुरुङको नेतृत्वमा सर्वसम्मत नेतृत्व

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १२ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको ४० औं बार्षिक साधारणसभा तथा १२ औं जिल्ला अधिबेशनले इन्द्रबहादुर गुरुङ सभापति रहेको १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
गुरुङ दोस्रो कार्यकालका लागि चुनिनु भएको छ । समितिको महिला उपसभापतिमा देवीमाया कार्की,उपसभापतिमा सूर्यबहादुर लिम्बू,मन्त्रीमा विकास गौतम,कोषाध्यक्षमा दिनेश अधिकारी,उपमन्त्रीमा कमलप्रसाद भट्टराई,उपकोषाध्यक्षमा तेजबहादुर भट्टराई खत्री चयन भए । यस्तै महिला सदस्यमा मञ्जु पौडेल भट्टराई,दिलमाया लिम्बू श्रेष्ठ र जुनिता ओझा तथा खुल्ला सदस्यहरुमा टामन सिग्देल,मोहन न्यौपाने,कुलमणि दाहाल,नरेन्द्रकुमार अधिकारी,योगेश्वर निरौला,गुरुप्रसाद पौडेल र नरेन्द्रकुमार बिष्ट चयन हुनुभयो । कार्य समितिका पदाधिकारी तथा सदस्यको निर्वाचनका लागि गत बुधवार मनोनयन पत्र दर्ता गर्ने समय थियो । मनोनयन दर्तामा आवश्यक पद संख्याको मात्र उम्मेदवारी परेपछि पदाधिकारी तथा सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको सहायक निर्वाचन अधिकृत तथा मतदान अधिकृत अर्जुन कार्कीले जानकारी दिनुभयो ।
साधारणसभाले मन्त्री गौतमद्धारा प्रस्तुत प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष मोहन न्यौपानेद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित गरेको छ । सभामा मन्त्री गौतमले सबै तहका कार्य समितिको कार्यकाल २ बर्षबाट ४ बर्ष पु¥याउनुपर्ने प्रस्ताव पेश गर्नु भएको छ । सभाले त्यसलाई पारित गरी उपल्लो निकायमा प्रस्तावको रुपमा लैजाने निर्णय लिएको छ । अहिले जिल्ला शाखाको निर्वाचित समितिको कार्यकाल २ बर्षको हुने व्यवस्था रहेको छ । करिव ३ हजारजना आजीवन सदस्य रहेको ताप्लेजुङ शाखा २३ वटा निर्वाचित र एक तर्दथ समिति गरी २४ वटा उपशाखा रहेका छन् । उपशाखालाई संघीयताको मोडल अनुसार पालिकास्तरको संरचनामा रुपान्तरण गर्नुपर्ने प्रस्ताव समेत सभामा पेश भएको छ ।
बार्षिक साधारणसभा तथा जिल्ला अधिबेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पवित्र उद्देश्यका साथ तन,मन र धन दिएर सामाजिक कार्यमा प्रभावकारी योगदान दिने हो भने यसले पुण्यप्राप्तिमा सघाउने बिश्वास लिनुभयो । बिपद् व्यवस्थापन सहितका कार्यमा रेडक्रसको सञ्जालसंग आफुहरु पनि सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो । कार्यक्रममा ताप्लेजुङ रेडक्रसलाई लामो समय सम्म नेतृत्व दिनु भएका तत्कालिन सभापति काजी श्रेष्ठलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बू,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति(सशस्त्र डिएसपी)बिनोद थापा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँई सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts