|

ताप्लेजुङका तीन जनामा सङ्क्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ७ । ताप्लेजुङका थप तीनजनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक १४ जनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट स्वास्थ्य परीक्षण पठाइएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पाख्रेलका अनुसार रिपोर्ट पोजेटिभ आउनेमा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनका एकजना र सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकका एक तथा वडा नं. ७ खेबाङका एकजना रहेका र उहाँहरु तीनजना पुरुष हुनुहुन्छ । उहाँहरु तीन जनासमेत ताप्लेजुङमा सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।
यसअघि पटक–पटक गरेर सिरिजङ्घा गाउँपालिकाका एक, फुङ्लिङ नगरपालिकाकी एक महिला, पाथीभरा याङ्वरक गाउँपालिकाका पुरुष र मेरिङ्देन गाउँपालिकाका एक पुरुषसमेत चारजना सङ्क्रमित स्वस्थ्य भई घर फर्किएका छन् । पछिल्लो पटक रिपोर्ट पोजेटिभ आएकाहरु साउदी, दुबई र बहराइनमा रोजगारी गरेर स्वदेश फर्केका थिए । यता बाँकी नेगेटिभ रिपोर्ट आएका ११ जना आ–आफ्नो घर फर्केका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts