|

अढाई महिना पछि सुकेटार बिमानस्थलमा नेपाल एयरलाईन्सको जहाजले भ¥यो उडान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३ । गत जेठ १५ गतेबाट उडान हुन नसकेको ताप्लेजुङको सुकेटार बिमानस्थलमा शुक्रवार नेपाल नेपाल एयरलाईन्सको जहाजले उडान भरेको छ ।

काठमाडौंबाट ७ जना यात्रु लिएर आएको र ताप्लेजुङबाट ५ जना पठाइएको नेपाल एयरलाईन्स ताप्लेजुङ स्टेशन प्रवन्धक लोकेन्द्र हाङगाम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार,बुधबार र शुक्रबार गरी अब सातामा ३ पटक उडान कार्यतालिका बनेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङबाट काठमाडौं सम्मका लागि ९ हजार २ सय रुपैँया भाडादर कायम गरिएको उहाँले बताउनुभयो ।

सुकेटार विमानस्थलमा गत जेठ १५ गते पछि उडान हुन सकेको थिएन । उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेपनि मौसम सहितका कारण देखाएर जहाज आउन आएका थिएनन् । यसअघि सीता एअरले प्रत्येक साताको सोमबार र शुक्रवार उडान भर्दै आएकोमा जेठ १५ अघिबाट बन्द भएको उडान फेरी कहिलेदेखि सञ्चाल गर्ने भन्नबारे यकिन नभएको सीता एअरको ताप्लेजुङस्थित सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts