ताप्लेजुङ जिल्लाको बिपद् प्रतिकार्य योजना २०७९ स्वीकृत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १५ । ताप्लेजुङ जिल्लाको बिपद् प्रतिकार्य योजना २०७९ स्वीकृत भएको छ ।

फुङलिङ नगरपालिका सहित स्थानीय तहका प्रमुख÷अध्यक्ष सहित सरोकारवाला सम्मिलित जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले बिपद् प्रतिकार्य योजना २०७९ लाइ स्वीकृत गरेको जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोका कारण बिस्थापित भएका परिवारहरुको बिवरण सम्वन्धित स्थानीय तहबाट माग गर्ने निर्णय पनि गरेको छ ।

सम्वन्धित स्थानीय तहको कार्यपालिकाको बैठकले अनुमोदन गरी सिफारिस गरेका पहिरोबाट पूर्ण रुपमा बिस्थापित परिवारको बिबरण नेपाल सरकार गृह मन्त्रालयमार्फत राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने तयारी भएको समेत प्रजिअ पोखरेलले जानकारी दिनुभयो । जिल्ला बिपद् व्यवस्थापन समितिले २०७८ पुस ८ गते बसेको बैठकको निर्णय अनुसार बिपद् पीडित परिवारलाइ प्रदान भएको राहत बापतको ९ लाख ६ हजार ५ सय ९६ रुपैंयालाइ अनुमोदन गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts