एमाले ताप्लेजुङलाइ एउटै बनाउने प्रयास,साम्सोहाङलाइ संयोजक र थेबेलाइ सहसंयोजकको जिम्मेवारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १४ । दुई बेग्ला–बेग्लै कमिटी र दुई पार्टी कार्यालय रहेको नेकपा एमाले ताप्लेजुङलाइ एउटै बनाउने प्रयास स्वरुप दुबै पक्षका कमिटीका अध्यक्षहरुको नयाँ जिम्मेवारी तोकिएको छ । जस अनुसार २०७५ साल जेठ २ गते अघिको कमिटीका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ संयोजक चयन हुनु भएको छ भने तत्कालिन नेकपा बिबाद पछि बनेको कमिटीका अध्यक्ष भूपेन्द्र थेबे सहसंयोजक बन्नु भएको छ । दुबै पक्षका पदाधिकारी जिल्ला कमिटी सदस्यको रुपमा रहने सहमति बनेको एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले जानकारी दिनुभयो । पार्टी नेता सुवासचन्द्र नेम्बाङ,एमाले प्रदेश १ इञ्चार्ज भीम आचार्य,प्रदेश १ अध्यक्ष देवराज घिमिरे लगायतको उपस्थितिमा बनेको बैठकले यस्तो निर्णय गरेको मेन्याङ्वोले बताउनुभयो । प्रदेश १ का सामाजिक विकास मन्त्री समेत रहनु भएका साम्सोहाङले अब पुरानै स्थानबाट पाटी कार्यालय सञ्चालन हुने बताउनुभयो । साम्सोहाङले नेतृत्व गरेको एमाले बीरेन्द्रचौकमा सञ्चालनमा छ । संबिधानसभा सदस्य थेबेले नेतृत्व गरेको एमालेको पार्टी कार्यालय शान्तिटोलस्थित ग्लोबल आइएमइ बैंक रहेको भवनमा सञ्चालनमा रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts