|

सक्रिय कोरोना संक्रमण बिहिन जिल्ला बन्यो ताप्लेजुङ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ८ । ताप्लेजुङ सक्रिय कोरोना संक्रमण शुन्य भएको जिल्ला बनेको छ । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता निकै प्रभावित सूचीमा रहेको ताप्लेजुङ सोमबार(आज)बाट सक्रिय कोरोना संक्रमण बिहिन जिल्ला बनेको हो । जिल्ला प्रशासन कार्यालयले सोमवार मध्यान्ह प्रकाशित गरेको बिबरण अनुसार ताप्लेजुङमा सक्रिय कोरोना संक्रमित छैनन् । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा २ हजार ५ सय ३१ जनामा संक्रमण देखिएकोमा २ हजार ५ सय १५ जना संक्रमणमुक्त भएका छन् । कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो बिबरण जिल्ला भित्रै मृत्यु भएका नागरिकको मात्र हो । बाहिरी जिल्लामै परीक्षण गरी बाहिरी जिल्लामै उपचारका क्रममा मृत्यु भएका समेत गरी यहाँका २२ जना नागरिकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका बिबरणहरु देखिन्छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts