| |

प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, असोज २१ । प्रदेश १ र बागमतीमा नेकपा (एकीकृत समाजवादी) ले मुख्यमन्त्री पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको जनाइएको छ । एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सहमति भएसँगै अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित छ ।
अहिले दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए । तर, ९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।
नेताहरुका अनुसार प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने पूर्व सहमति थियो । बिहीबार त्यसलाई निरन्तरता दिने सहमति जुटेपछि कांग्रेस नेताहरुले संसदीय दलका नेता राजीव कोइरालालाई त्यो जानकारी गराएका छन् । बागमतीमा भने कांग्रेसले आलोपालो गर्ने र सुरुमा आफ्ना संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको थियो । तर एकीकृत समाजवादीका नेताहरु सहमत भएनन् र, पाण्डे नै मुख्यमन्त्री बन्ने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts