|

काँग्रेस ताप्लेजुङले आङ्खोप बाहेक सबै वडाको अधिबेशन सक्यो,साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि छानिदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १९ । ताप्लेजुङमा रहेका ६१ वटा वडामध्ये नेपाली काँग्रेसले ६० वटा वडामा वडा अधिबेशनमार्फत नेतृत्व र प्रतिनिधि छनौट गरेको छ । सिदिङ्वा गाउँपालिकाको वडा नं ३ आङ्खोपको अधिबेशन भने केहि प्राविधिक कारणले सम्पन्न भइ नसकेको तर प्रकृयामा भने रहेको नेपाली काँग्रेस ताप्लेजुङको अधिबेशनका गराउन अधिकृत तोकिनु भएका तिलक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा अधिबेशन सम्पन्न भइसकेका ६० मध्ये फुङ्लिङ नगरपालिका वडा नं ७ बाहेक सबै वडामा निर्वीरोध नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । फुनपा वडा नं ७ मा भने नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको थियो । पाण्डेका अनुसार गाउँपालिका भित्रका प्रत्येक वडामा पदाधिकारी सहित २२ र नगरपालिकामा प्रत्येक वडामा पदाधिकारी सहित २७ सदस्यीय कार्य समिति बनेको छ । पालिका सहित जिल्ला अधिबेशनमा भने छानिएका क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने छन् । सम्वन्धित पालिका भित्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले सम्वन्धित पालिकाको कार्य समितिमा समेत नयाँ नेतृत्वका लागि मतदान गर्न पाउने छन् भने तिनै प्रतिनिधिलाइ जिल्ला कार्य समितिमा समेतको नेतृत्वका लागि मताधिकार हुने छ ।

ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका रहेका छन् । प्रत्येक वडाबाट वडासभापति सहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिनुभयो । वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । पाण्डेले समुदाय र क्षेत्रगत प्रतिनिधि सुुनिश्चित गर्ने व्यवस्था सहितको हिसाव गर्ने हो भने ताप्लेजुङका कुनै वडाबाट वडा सभापति सहित १७ जना सम्म क्षेत्रीय प्रतिनिधि चयन भएको जानकारी दिनुभयो । सरदर १६ जनाका हिसावले गर्ने हो भने ताप्लेजुङका ६१ वटा वडाबाट ९ सय ७६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । समुदाय र क्षेत्रगत प्रतिनिधि सुुनिश्चित गर्ने व्यवस्थाका कारण क्षेत्रीय प्रतिनिधिको यो संख्यामा केहि घटबढ हुन सक्ने पाण्डेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts