| |

वन हर्टले ताप्लेजुङका स्थानीय तह सहितका १० निकायलाइ दियो साह्रे १२ लाख बढीको सामान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १६ । वन हर्ट कार्यक्रमले ताप्लेजुङका ९ स्थानीय तह सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाइ साढे १२ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । वन हर्ट नवजात शिशु र आमाको स्वास्थ्य प्रर्वद्धन,स्वास्थ्यकर्मीहरुको क्षमता विकास र स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणमा सहयोग गर्ने दातृ निकाय हो । प्रदेश र १ र २ का जिल्लाहरुलाइ संयोजन गर्नेगरी महोत्तरीको बर्दिवासमा रहेको वन हर्टको कार्यालयमा कार्यरत प्रकाश पन्तका अनुसार १२ लाख ६३ हजार बढी रकम बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उहाँका अनुसार फुङलिङ नगरपालिकालाइ १ लाख ३८ हजार ८ सय ५३ रुपैंया बराबर,मैवाखोला गाउँपालिकालाइ ८८ हजार ३ सय २ रुपैंया बराबर,पाथीभरा याङ्वरक ७९ हजार ४ सय २८,सिदिङ्वालाइ ८२ हजार २ सय ५६,मिक्वाखोलालाइ ६६ हजार ५ सय १७,आठराइ त्रिबेणीलाइ ९० हजार ६ सय ५६ र फक्ताङ्लुङ गाउँपालिकालाइ १ सय ३२ हजार २२ रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको वन हर्टका प्रतिनिधि भूपेन्द्र सोनीले जानकारी दिनुभयो । यस्तै सिरिजंगा गाउँपालिकालाइ १ लाख २६ हजार ६ सय ६८,मेरिङ्देन गाउँपालिकालाइ १ लाख २ हजार २ सय ५९,ताप्लेजुङ जिल्ला अस्पताललाइ ३ लाख ५२ हजार ८ सय ७५ र स्वास्थ्य कार्यालय ताप्लेजुङलाइ ३ हजार २ सय २१ रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सोनीले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख समेत रहनु भएका जिल्ला अस्पताल समन्वय समितिका अध्यक्ष घनेन्द्र मादेनलाइ यो मूल्य बराबरका सामग्री हस्तान्तरण गरिएको वन हर्टले जनाएको छ । सर्जिकल मास्क र ग्लोब्स्,पीपीइ,एकपटक प्रयोग गरेपछि फेरी प्रयोग गर्न मिल्ने र नमिल्ने दुबै प्रकारका गाउन,फेस सिल्ड,स्यानीटाइजर,आइसोलेसन किट,टिस्यु पेपर,डिजिटल थर्मोमिटर,पारा सिटामोल र पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको वन हर्टका कार्यकारी निर्देशक सूर्य भट्टले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्रीको सूची ताप्लेजुङ जिल्ला अस्पताल समन्वय समितिका प्रमुख घनेन्द्र मादेनलाइ हस्तान्तरण गर्दै वन हर्टका प्रतिनिधि । तस्बिर ः उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts