मनकारी काका भतिज ः जसले वडाभरीका बिपन्न परिवारलाइ महामारीका बेला खाद्य सामग्री दिनुभयो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १० । सहयोग गर्ने भनेकै आपत परेको बेला हो । आपतको बेला पाएको सहयोगलाइ ठूलो ठान्नेहरुले भन्छन् पनि‘यो बेला सहयोग लिनेहरुको पनि संकट टर्छ,दिनेहरुलाइ पनि आपत टारे बापत पुण्य प्राप्तिको बाटो खुल्छ’ । कोरोना महामारीको यहिँ संकटका बेला छाक टार्न धौधौ परिररहेका ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ८ का काका भतिजले मिलेर वडाभरीका करिव ३ सय परिवारलाइ राहत स्वरुप दैनिक उपभोग्य बस्तु बितरण गर्न सुरु गर्नु भएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि कायम रहेको बन्दाबन्दिले रोजगारी गुमाएका आफ्नो गाउँटोलका निम्नस्तरका परिवारको तत्कालको समस्या टार्न चामल,नुन,तेल लगायतका सामग्री बितरण गरिएको छ ।

बुधबार सम्ममा वितरण गरिसक्ने योजना अनुरुप पहिलो दिन सोमवार हिटी क्षेत्रका बासिन्दालाई खाद्यान्नका सामाग्री वितरण गरिएको बितरक मध्येका एक जंग सुनुवारले बताउनुभयो । उहाँ फुनपा वडा नं ८ का वडासदस्य समेत हुनुहुन्छ । उहाँले भतिज क्षितिज सुनुवारसंग मिलेर वडाभरीका विपन्न परिवारलाई प्रतिपरिवार १० किलोग्राम चामल, १ किलोग्राम नुन, आधा लिटर खाने तेल र मास्क वितरण गर्नु भएको छ ।‘अघिल्लो बर्ष वडाले बितरण गर्दा करिरव २ सय परिवारलाइ दिएको रहेछ,त्यहिँ आधारमा गर्दा २ सय ५० परिवार जति होला भनेका थियौं,तर बितरण गर्ने परिवार ३ सय नजिक पुग्न सक्छ’क्षितिजले भन्नुभयो । क्षितिज नेपाल तरुण दलका जिल्ला सदस्य हुनुहुन्छ । जंग २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनु भएको हो ।

काका जंग र भतिज क्षितिज दुवैले २ लाख २० हजार बढिको व्यक्तिगत लगानीमा खाद्यान्नका सामान वितरण गरिरहेको जनाउनु भएको छ । ज्याला मजदुरी गरेर गर्जो टार्ने परिवारलाइ बन्दाबन्दिले समस्यामा पारेको महशुष गरेर यो अवस्थामा थोरबहुत सहयोगले विपन्न परिवारको चुल्हो बल्ने देखेर सहयोग गर्ने मन पलाएको जंग र क्षितिजले सुनाउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts