शुक्रवार प्रदेश १ भरीमा सार्वजनिक बिदा

ताप्लेजुङ,३० बैशाख । प्रदेश १ सरकारले शुक्रवार ३१ जेठका दिन सार्वजनिक बिदा दिएको छ । प्रदेशभरीमा लागु हुने गरी ३१ जेठमा इदुल्ल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको घोषणा गरेको हो । मन्त्रालयका सूचना अधिकारी शाखा अधिकृत बिजयकुमार मगरका अनुसार प्रदेश सरकारले १ बैशाख २०७८ साल देखि चैत मसान्त सम्म १ बर्षका लागि प्रदेशभर दिने बिदाको सूचना यसअघि नै राजपत्रमा प्रकाशित गरिसकेको थियो । उक्त सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रका दिन प्रदेशभरीका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुका बिदा दिने उल्लेख भएको र उक्त पर्व ३१ जेठ २०७८ मा पर्ने भएकोले उक्त बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

Similar Posts