| |

स्वास्थ्य कार्यालय प्रमुखसहित ४४ जनाको रिपोर्ट पोजेटिभ

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २६ ।
ताप्लेजुङमा आइतबार नयाँ ३२ जनासहित ४४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएका उक्त सङ्ख्यामध्ये स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख समेतको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार एक सय दुईजनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा नयाँ ३२ सहित ४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नयाँ बाहेकका १२ जनामा यसअघि सङ्क्रमित भएका सात जनाको पुनः परीक्षण रिपोर्ट पोजेटिभ आएको र एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका पाँच जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ नै आएको जनस्वास्थ्य अधिकृत खरेलले बताउनुभयो ।

कोरोना जित्ने सात जना
यसैबीच सातजना सङ्क्रमणमुक्त हुनुभएको छ । जनस्वास्थ्य अधिृकत खरेलका अनुसार पुनः पीसीआर परीक्षण गर्न पठाइएका छ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेनमा पोजेटिभ देखिएका एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । यता आइतबार थप भएकासमेत जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३३ पुगेको उहाँले जानकारी दिनुभयो । सक्रिय सङ्ख्यामध्ये एक सय १९ जनाको पीसीआर परीक्षण र १४ जनाको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

Similar Posts