लिभरपुल एफए कपको चौथो चरणमा

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस २५ । दोस्रो हाफको पाँच मिनेटमा तीन गोल गरेपछि लिभरपुल शुक्रबार एस्टन भिल्लालाई ४–१ ले हराउँदै एफएकपको चौथो चरणमा स्थान बनाएको छ । कोभिड–१९ ले आफ्ना प्रमुख खेलाडी संक्रमित भएपछि भिल्लाले एकेडेमीका उत्पादनले भरिएको टिम उतारेको थियो । लिभरपुलले ६०औं, ६३औं र ६५‍औं मिनेटमा गोल गरेको थियो । त्यस्तै पहिलो हाफको सुरुमै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । यस्तै जर्जिनियो विजनाल्डम र मोहम्मद सलाहले गोल गरे । भिल्लाका तर्फबाट १७ वर्षीय स्ट्राइकर लुइ बेरीले एक गोल फर्काए । भिल्लाका लागि उनको यो पहिलो सिनियर गोल हो । भिल्लाले अक्टोबरको इंग्लिस प्रिमियर लिगमा भएको खेलमा लिभरपुललाई अविश्वसनीय रूपमा ७–२ ले हराएको थियो । तर यसपल्ट भिल्लाले आफ्नो पहिलो टिम पनि उतार्न सकेन् । उसका पहिलो रोजाइका नौ खेलाडी र पाँच कर्मचारी कोडिभ–१९ ले संक्रमित छन् । शुक्रबारको अर्को खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई १–० ले हरायो र चौथो चरणको यात्रा तय गर्न सक्यो । खेलको निर्णायक गोल एडम ट्राओरले गरे ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts