इंग्लिस प्रिमियर लिग ः लेस्टर दोस्रो स्थानमा, चेल्सी दबाबमा

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस १४ । चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार एस्टन भिल्लासँग १–१ को बराबरी खेलेको छ । यो नतिजाले क्लब थप दबाबमा आएको छ । चेल्सीले ओलिभर जिरोडको गोलले अग्रता लिएपछि अनवर एल घाजीले भिल्लाका लागि बराबरी गोल फर्काए । लेस्टरले सिटीले अर्को खेलमा क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्यो र अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । हार्भे बार्नसको गोलले लेस्टरले खेलमा अग्रता लिएको थियो । प्यालेसका तर्फबाट विल्फ्रेड जाहाले बराबरी गोल गरे । लेस्टरको १६ खेलबाट २९ अंक भएको छ । चेल्सी भने २६ अंकसहित छैटौं स्थानमा छ । सोमबार नै एभर्टन र म्यानचेस्टर सिटीबीच हुनु पर्ने खेल भने रद्द गरिएको छ । सिटीका खेलाडीमा कोभिड(१९ का संक्रमण पुष्टि भएपछि यो खेल रद्द गरिएको हो । सिटीले यो खेल पछि खेलाउन अनुरोध गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts