आर्सनललाई हराएर सिटी सेमिफाइनलमा

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस ८ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लिगकपमा मंगलबार आर्सनललाई ४–१ ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । इमिरेट्स स्टेडियममा बेहोरेको यो हारले खराब लयमा रहेको आर्सनललाई थप धक्का पुगेको छ । सिटीका लागि ग्याब्रिएल जेसस, रियाड मेहरेज, फिल फोडेन र आयमेरिक लापोर्टेले गोल गरे । आर्सनलका तर्फबाट एलेक्जान्डर लेकाजेटले एक गोल फर्काए । अर्को खेलमा च्याम्पियनसिप टिम ब्रेनफोर्डले न्युकासललाई १–० ले हरायो । त्यसमा जोसुआ डासिल्भाले निर्णायक गोल गरे । अब प्रतियोगिताका बाँकी क्वार्टरफाइनल खेलमा बुधबार एभरटनले म्यानचेस्टर युनाइटेड तथा स्टोक सिटीले टोटनहमको सामना गर्नेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts