बंगलादेश जाने फुटबल टिम घोषणा

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २० । अखिल नेपाल फुटबल संघले बंगलादेशमा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली राष्ट्रिय टिम बुधबार घोषणा गरेको छ । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको टिममा २५ खेलाडी रहेका छन् । टिमको सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकाश मल्ल रहनु भएको छ । टिममा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान र सरोज दाहाल रहनु भएको छ । यस्तै अन्य खेलाडीमा सेशेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ हुनुहुन्छ । नेपालले नोभेम्बर १३ र १७ मा दुई खेल खेल्नेछ । टिम घोषणा गर्नुअगाडि गरिएको कोभिड–१९ परीक्षणमा ‘पोजिटिभ’ नतिजा आएका सात खेलाडी घोषित टिममा परेका छैनन् । यस्तै चोटका कारण रोहित चन्द पनि टिमबाट बाहिरिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts