ताप्लेजुङमा आफन्तबाटै २ बालिकामाथि जबरजस्ती करणी भएको अभियोग,अभियुक्त पक्राउ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १५ । ताप्लेजुङमा चाडपर्वकै बेला आफन्तबाटै २ बालिका माथि जबरजस्ती करणीको भएको अभियोगमा प्रहरीले अभियुक्त २ जनालाइ पक्राउ गरेको छ । सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी १४ बर्षिय र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीकी १७ बर्षिय बालिका माथि आफ्नै काका÷बाबु साइनो पर्नेबाट जबरजस्ती करणीको प्रयास भएको जाहेरी परेपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिदिङ्वाको वडा नं ४ साब्लाखु मादिबुङ बस्ने १८ बर्षिय सेते भनिने आइन्द्रहाङ लिम्बू र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ बस्ने २५ बर्षिय बालकृष्ण मावो लिम्बू रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार आइन्द्रमाथि १४ बर्षिय बालिकालाइ मादिबुङस्थित ध्रबेवारीको ठाडोबाटोबाट केहि तल तरुल र मस्यामबारीको एकान्त ठाउँ लगि जबरजस्ती करणी गरेको अभियोग छ । यस्तै बालकृष्ण माथि १७ बर्षिय बालिकालाइ जुकेटार आहाले गैरी भन्ने ठाउँ नजिकको जंगलमा लगि ललाइ फकाइ जबरजस्ती करणी गरेको अभियोग गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts