|

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण अहिले साढे ११ बजे

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २९ । नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार बिहान ११ बजेको लागि सपथको कार्यक्रम राखेको हो । मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिनु भएको छ । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गर्नु भएको हो । यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो । यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बन्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts