ट्रम्पले सुरु गरे चुनावी ¥याली

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)फ्लोरिडा असोज,२८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ बाट संक्रमित भएको दुई साताभन्दा कम समयमै चुनावी ¥याली आयोजना गरेका छन् । फ्लोरिडामा उपस्थित भीडलाई सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्यावस्था निकै उत्तम रहेको ‘रोगप्रतिरोधी’ बनेको बताए । ट्रम्पले चुनावी प्रतिस्पर्धी जो बाइडेनलाई ‘कट्टर समाजवादीहरूको कठपुतली’ को संज्ञा दिएका बीबीसीले उल्लेख गरेको छ । सम्बोधनका क्रममा ट्रम्पले सञ्चारमाध्यमप्रति पनि आक्रोश व्यक्त गरेका थिए । सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको उनको दाबी छ । ट्रम्पले यसअघि पनि पटक–पटक सञ्चारमाध्यमलाई विभिन्न आरोप लगाउने गरेका थिए । फ्लोरिडा राज्यको स्यान्डफोर्ड नगरमा गरिएको ¥यालीका सहभागीले सामाजिक दूरी पालना गरेका थिएनन् भने कैयौं बिनामास्क उपस्थित थिए  । उनले समर्थकलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको भन्दै आलोचना गरेका छन् । कोभिड–१९ को संक्रमणपछि क्वारेन्टाइमा रहेकी ह्वाइटहाउसकी प्रेस सचिव केली मकइनानीले ¥यालीका सहभागीलाई मास्क लगाउन प्रोत्साहन गरिने र सेनिटाइजरको व्यवस्था गरिने बताएको बीबीसीले जनाएको छ । डेमोक्र्याट प्रतिस्पर्धी बाइडेनले पनि राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन् । ‘राष्ट्रपति ट्रम्प आज स्यानफोर्ड त आए । तर उनले गैरजिम्मेवार व्यवहार, विभाजनकारी विचार र त्रास फैलाउने कामबाहेक केही ल्याएनन् ।’ राष्ट्रपति ट्रम्पले आगामी चार दिनमा विभिन्न चार राज्यका चुनावी कार्यक्रम गर्नेछन् । उनको कार्यक्रम राखिएको राज्यमा चुनावी प्रतिस्पर्धा निकै कडा हुने ठानिएको छ । हालसम्म न्युयोर्कका बासिन्दा रहेका ट्रम्प एक वर्षअघि फ्लोरिडाका पनि बासिन्दा बनेका थिए । फ्लोरिडाको ¥यालीपछि उनले पेनसिल्भेनिया, आयोवा र नर्थ क्यारोलिनामा कार्यक्रमहरू गर्दै छन् । ती राज्यहरूमा खासगरी कोभिड–१९ बाट बच्ने सावधानीबारे ट्रम्पको धारणा परिवर्तन भए,नभएको सुन्न प्रतीक्षा गरिएको छ । नोभेम्बर ३ मा हुने चुनाव जित्न ट्रम्पले फ्लोरिडा राज्यमा विजय हासिल गर्न आवश्यक छ । उनका प्रतिस्पर्धी जो बाइडेन भने हाल ओहायो राज्यको भ्रमणमा छन् । विभिन्न मत सर्वेक्षणहरूले राष्ट्रियस्तरमा बाइडेन ट्रम्पभन्दा १० अंकले अगाडि देखाएका छन् । तर कडा प्रतिस्पर्धा हुने ठानिएका केही राज्यहरूमा भने उनको अग्रता थोरै रहेको जनाइएको छ । रियल क्लियर पोलिटिक्स संस्थाको मत सर्वेक्षणसम्बन्धी औसत नतिजाअनुसार फ्लोरिडा राज्यमा बाइडेन ३.७ अंकले मात्र अगाडि छन् । राष्ट्रपति पदमा विजयी हुन फ्लोरिडा र ओहायो राज्यमा चुनाव जित्नु निकै महत्वपूर्ण मानिन्छ । सन् २०१६ मा ट्रम्प फ्लोरिडामा झिनो अन्तरले विजयी भएका थिए । राष्ट्रपति ट्रम्पलाई ११ दिनअघि कोभिड–१९ को लक्षण देखिएको थियो । उनलाई उपचारका लागि एक दिनपछि अस्पताल भर्ना गरिएको थियो । ट्रम्पका निजी चिकित्सकले आइतबार उनीबाट अन्य मानिसमा भाइरसको संक्रमण सर्ने जोखिम नरहेको जनाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts