ब्राजिलमा कोरोनाले मृत्यु हुने डेढ लाखभन्दा बढी

अरुलाई पनि शेयर गरौ !

ब्रासिलिया,असोज २६ । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । मृतक संख्याका आधारमा ब्राजिल दोस्रो स्थानमा छ । भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख १४ हजार ७ सय नाघेको छ । ब्राजिलमा हालसम्म ५० लाख ९४ हजारभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ब्राजिलमा अहिलेसम्म ४५ लाख २६ हजारभन्दा बढी निको भइसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्राजिलमा भने पछिल्ला दिनहरूमा भाइरस संक्रमितको संख्यामा कमी आएको छ । एक सातायता दैनिक करिब ६ सय जनाको मृत्यु भइरहे पनि यो मे तथा जुन महिनाको तुलनामा निकै कम हो । त्यसैगरी, भारतमा भाइरसको संक्रमणका कारण १ लाख ८ हजार ३ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक कदम नचालेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको निकै आलोचना हुने गरेको छ । बोल्सोनारोले सामाजिक दूरीका नियमहरूको बेवास्ता गर्दै विभिन्न कार्यक्रमहरू गरेका थिए । विभिन्न राज्यका गभर्नर तथा मेयरहरूले जारी गरेका लकडाउन तथा अन्य नियमहरू पालना नगर्ने बताएका थिए । यसैबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts