रसुवा बाढीका कारण बेपत्ता हुने ताप्लेजुङका नागरिकको संख्या ५ पुग्यो,हाङदेवाका दुर्गा भट्टराई पनि सम्पर्कबिहिन
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ११ । रसुवा बाढीका वेपत्ता हुने ताप्लेजुङका नागरिकको संख्या ५ पुगेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका दुर्गा भट्टराई (दिवस) समेत अहिलेसम्म सम्पर्कमा नरहेको भन्दै उहाँका आफन्तजनले खोजीका लागि आवह्वान गर्नु भएको छ । दिवसका भाई निमेषका अनुसार बुधवार बिहान ८ः३० बजे पर्यटक लिएर दिवस चीनको सीमा क्षेत्रमा पुगेको र त्यसपछि सम्पर्क हुन सकिरहेको छैन । यसअघि आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका ३ जना र पाथीभरा याङवरक गाउँपालिकाका १ जना अहिलेसम्म सम्पर्कमा नआएको स्थानीयले जानकारी दिएका थिए ।
आठराई त्रिबेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङका अनुसार निघुरादिनका पासाङतेञ्जी शेर्पा,ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा अशिलेसम्म परिवारको सम्पर्कमा हुनुहुन्न । उहाँहरु रसुवास्थित जलविद्युत परियोजनामा काम गर्न गएको तर कुन जलविद्युत भन्ने थाह नभएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिनुभयो । यस्तै नुवाकोटस्थित त्रिशुली–३‘बी’’जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा भीष्म चापागाँईसहित बेपत्ता हुनु भएको छ ।