आईपीएल ः कोलकाताको पहिलो जित

अरुलाई पनि शेयर गरौ !

दुबई,असोज ११ । शुभमन गिल र इयोन मोर्गनले ७० बलमा ९२ रनको अविजित साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । कोलकाताले शनिबार सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित ग¥यो । प्लेयर अफ द म्याच गिलले ७० र मोर्गनले ४२ रन बनाएपछि कोलकाताले १ सय ४२ रनको लक्ष्य दुई ओभरअगाडि पूरा ग¥यो । गिलले ६२ बल खेली ५ चौका र २ छक्का तथा मोर्गनले २९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । कोलकाता आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादको यो लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । शेख जायेद रंगशालामा कोलकाताको सुरुआत राम्रो थिएन । ओपनर सुनिल नारिन आफूले सामना गरेको दोस्रो बलमै खालिल अहमदको बलमा शून्यमा आउट भए । नितिश रानाले १३ बल खेली ६ चौका प्रहार गरी २६ रन बनाए । कप्तान दिनेश कार्तिकलाई रशिद खानले शून्यमा एलबीडब्लू आउट गरे । यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादलाई कोलकाताले १४२–४ को स्कोरमा रोकेको थियो । अस्ट्रेलियन बलर प्याट कुमिन्सले ४ ओभरमा १९ रनमात्र खर्चेर १ विकेट लिए । वरुण चक्रवर्तीले ४ ओभरमा २५ र एन्ड्रयु रसेलले २ ओभरमा १६ रन खर्चेर १–१ विकेट लिए । हैदराबादबाट मनिष पाण्डेले ५१ रन बनाए । ३८ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरेका पाण्डेले रसेललाई उनकै बलमा क्याच दिन पुगे । कप्तान डेविड वार्नर पनि ३६ रन बनाई चक्रवर्तीको बलमा कट एन्ड बोल्ड भए । उनले ३० बल खेली २ चौका र १ छक्का प्रहार गरे । उनका ओपनिङ जोडी जोनी बेरिस्टोलाई प्याट कुमिन्सले ५ रनमा बोल्ड गरेपछि हैदराबादले सुरुदेखि नै दबाबमा खेलेको थियो । ऋद्धिमन शाह ३१ बलमा १ चौका र १ छक्का प्रहार गरी ३० रनमा रनआउट भए । मोहम्मद नाबी ८ बल खेल्दै ११ रनमा अविजित रहे । आइतबार राजस्थान रोयल्स र किंग्स इलेभन पन्जाबबीच खेल हुनेछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts