प्रधानमन्त्रीको अभिव्यक्ति बिरुद्ध ताप्लेजुङमा खबरदारीसभा

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २१ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपालको सीमा सम्वन्धी अभिव्यक्तिको बिषयको बिरोधमा श्रम संस्कृति पार्टीले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा खबरदारीसभा सहित बिरोध जनाएको छ ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिदैं‘भारतले नेपालको मात्र होईन,नेपालले भारतको पनि सीमा रहेछ’भन्ने अभिव्यक्ति दिनु भएको थियो । उक्त अभिव्यक्ति देशबिरुद्धको तथ्यबिहिन अभिव्यक्ति रहेको ठहर आफ्नो पार्टीको रहेको श्रम संस्कृति पार्टी ताप्लेजुङका नेता सन्तोष राईले बताउनुभयो ।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्ति देशहित विपरित रहेको भन्दै उक्त अभिव्यक्ति सच्याएर देशवासीसंग माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीले बताउँदै आएको छ ।

कोणसभा अघि श्रम संस्कृतिका कार्यकर्ताले ‘दशगजा,सुस्ताको बिबादलाई समाधान गर,कालीपानी हाम्रै हो,लुपिलेक नै हाम्रो हो,लुम्पियाधुरा हाम्रै हो,हाम्रो भूमि फिर्ता गर,सुकुम्बासी समस्या समाधान गर,यो देश श्रमजीवी वर्गको पनि हो’जस्ता नारा लगाउँदै प्लेकार्ड प्रर्दशन गरेका थिए ।

Similar Posts