पञ्चेश्वरी माविमा १ लाख बढीको अक्षयकोष

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ७ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ का एक लुङखिम लिवाङ परिवारले आफ्ना परिवारका दिवंगत सदस्यको स्मृतिमा स्थानीय पञ्चेश्वरी माविमा १ लाख बढीको अक्षयकोष स्थापना गर्नु भएको छ ।

पञ्चेश्वरी मावि लिवाङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन कार्कीका अनुसार बिद्यालयमा १ लाख १ हजार १२५ रुपैयाँको अक्षयकोष स्थापना भएको हो । कार्कीका अनुसार मिक्वाखोला गाउँपालिका वडा नं ३ साविक लिवाङ ७ निवासी जसबहादुर लुङखिम र उहाँका छोराहरुले आफ्ना परिवारका सदस्यको स्मृतिमा बिद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको हो ।

कार्कीका अनुसार बुबा जसबहादुर लुङखिम लिवाङकी पत्नी दत्तमाया र छोरा दीपेन्द्र लुङखिम लिवाङकी पत्नी बिमलाको स्मृतिमा जसबहादुरका छोराहरु दीपेन्द्र र दिलेन्द्र लुङखिम लिवाङले बिद्यालयमा अक्षयकोष स्थापना गरिदिनु भएको छ ।

 

Similar Posts