तमोर नदीमा पौडी खेल्ने क्रममा एक युवक वेपत्ता
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ८ । ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका दोखुका एक व्यक्ति वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार वेपत्ता हुनेमा फुङलिङ नगरपालिका वडा नं ७ दोखुका ३० बर्षिय राजन काम्वाङ रहनु भएको छ प्रहरीका अनुसार काम्वाङ ससुरालीबाट घर फर्कने क्रममा फुङलिङ नगरपालिका वडा नं ८ स्थितमा रहेको खड्कुडे भन्ने स्थानमा तमोर नदीमा पौडी खेल्ने क्रममा वेपत्ता हुनु भएको हो ।
स्थानीय डिल्ली गुरुङले पौडी खेल्ने क्रममा काम्वाङ वेपत्ता भएको भनी प्रहरीलाई जानकारी गराएपछि उहाँको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक निमा शेर्पाको कमाण्डमा प्रहरी टोली परिचालित भएको र खोजी कार्य जारी रहेको समेत प्रहरी निरीक्षक वस्नेतले जानकारी दिनुभयो ।