पाँचथर दुर्घटनामा मृत्यु भएकाको शव घरसम्म लैजाँदा लाग्ने खर्च मेरिङदेनले व्यहोर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । तमोर करिडोर अन्तरगत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको शव आ–आफ्नो घरसम्म पु¥याउँदा लाग्ने यातायात खर्च मेरिङदेन गाउँपालिकाले व्यहोर्ने भएको छ । उक्त घटनामा परी मेरिङदेन गाउँपालिकाका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।

पालिका अध्यक्ष युवहाँवीर हाङगाम(डम्बर)ले घटनामा परी निधन भएका सदस्यको चीर शान्तिको कामना तथा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्तिका लागि प्रार्थना समेत गर्नु भएको छ । पालिका अध्यक्ष हाङगामले उक्त घटनापछि पालिका पूरै शोकमा रहेको बताउनु भएको छ ।

शनिवार भएको दुर्घटनामा परी मृत्यु हुने ६ जना मध्ये ४ जनामा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका बिनोद लङवा,मेरिङदेन–४ लिङ्तेपका गिता हाङगाम,मेरिङदेन–५ थुकिमाका अभिषेक लिम्बू र मेरिङदेन–५ थुकिमाकै धनकुमार लिम्बू रहनु भएको छ । यस्तै मोरङको उर्लाबारी नगरपालिका–८ माइत घर भई अहिले मिक्वाखोला गाउँपालिका वडा नं ४ बिबाह भएकी मनिषा कार्की र सिदिङवा गाउँपालिकाकी २९ वर्षीया युना तामाङ रहनु भएको छ ।

घटनामा परी घाइते ६ जनाको उपचार भइरहेको छ । मृतक सबैको शव फिदिम अस्पताल पाँचथरमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइने छ ।

Similar Posts