| |

वाइसिएल ताप्लेजुङद्वारा वृक्षारोपण

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १५ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ले वृक्षारोपण गरेको छ । वाइसिएलले ‘श्रम र उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनमा वृक्षारोपण गरेको हो ।
सावादिनस्थित सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बा परिसरमा शनिबार वृक्षारोपण गरिएको वाइसिएलका जिल्ला अध्यक्ष सन्जिप माबोले जानकारी दिनुभयो । अध्यक्ष माबोका अनुसार विभिन्न प्रजातिका एक हजार बढी बिरुवा रोपिएको छ ।
वाइसिएलका केन्द्रीय सदस्य सुधिर साउदेनका अनुसार फलफूलमा स्याउ र कागतीका बिरुवा रोपिएको छ । त्यस्तै अन्य बिरुवामा तेजपत्ता, सिरिस, मयुर पंखी, सल्ला लगायतका बिरुवा रोपिएको साउदेनले जानकारी दिनुभयो । वाइसिएलले देशव्यापी सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानलाई निरन्तरता दिँदै वृक्षारोपण गरिएको उहाँको भनाइ छ ।
अभियानअन्तर्गत पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेसमेत उद्देश्य राखेर सहिद पार्क र गुम्बा क्षेत्रमा वृक्षारोपण गरिएको वाइसिएलका केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुङ इन्चार्ज कैलास माबोले बताउनुभयो । माबोका अनुसार यसअघि पनि पर्यटकीय गन्तव्यहरु फुङ्लिङ बजारको भिन्तुनाडाँडा मुधिङ कोक्मा पार्क, मिक्वाखोलाको फुङ्फुङगे झरना, सिदिङ्वाको ढङ्ढङगे झरना लगायतका स्थानमा वृक्षारोपण साथै सरसफाई अभियान सञ्चालन गरिएको छ ।
श्रम तथा उत्पादन अभियानलाई निरन्तरता दिने क्रममा हालसम्म करिव ३० हजार बढी बिरुवा रोपी सकिएको पनि वाइसिएल ताप्लेजुङले जनाएको छ । शनिबार सावादिनमा सञ्चालित वृक्षारोपण कार्यक्रममा फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), माओवादी केन्द्र र वाइसिएलका स्थानीय कमिटीका पदाधिकारी तथा कार्यकर्ता र अन्य स्थानीयहरु सहभागी हुनुभएको थियो ।

Similar Posts