वाट्किन्सलाई भिल्लाले गर्यो अनुवन्ध

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी) भदौ २५ । एस्टन भिल्लाले ब्रेन्टफोर्डका स्ट्राइकर ओलेई वाट्किन्सलाई क्लबको कीर्तिमानी २८ मिलियन पाउन्डमा अनुबन्धित गरेको छ । वाट्किन्स गत सिजन संयुक्त रूपमा च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता थिए। उनले २६ गोल गरेका थिए । २४ वर्षे वाट्किन्स नयाँ सिजनका लागि भिल्लाले अनुबन्धित गरेका दोस्रा खेलाडी हुन् । यसअघि भिल्लाले नटिङ्घम फरेस्टका रक्षक म्याटी क्यासलाई भित्र्याएको थियो । ‘ओलेई अहिलेका सबैभन्दा प्रतिभावान् स्ट्राइकर हुन्,’ भिल्लाका प्रशिक्षक डिन स्मिथले भने, ‘उनले एस्टन भिल्लामा नयाँ सिजन आफ्नो क्षमता प्रमाणित गर्नेमा हामी आशावादी छौं । ’ स्मिथले नै ब्रेन्टफोर्डको प्रशिक्षक हुँदा वाट्किन्सलाई एक्सटरबाट अनुबन्धित गरेका थिए । ‘म एस्टन भिल्लामा आबद्ध हुन पाउँदा म हर्षित छु र डिन स्मिथको प्रशिक्षणमा पुनः खेल्न पाउँदा भाग्यमानी सम्झन्छु,’ वाट्किन्सले भने, ‘म मेरो क्षमता प्रमाणित गर्दैै क्लबलाई सहयोग गर्न चाहन्छु’ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts