श्रेष्तेदार बराल र इजलास अधिकृत राईको सरुवा

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १२ । ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार मनोज बराल र इजलास अधिकृत बिष्णुकुमार राईको सरुवा भएको छ । राई ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी समेत रहनु भएको थियो ।

न्याय सेवा आयोगले सोमवार श्रेष्तेदार बरालको उच्च अदालत जनकपुरको उपरजिष्ट्रारमा सरुवा गरेको छ । इजलास अधिकृत राईको सर्बोच्च अदालतको शाखा अधिकृतमा सरुवा गरेको छ ।

न्याय सेवा आयोगले न्याय सेवाका ८४ जना उपसचिव,कानून समूहका ३ जना उपसचिव,न्याय सेवाका ६३ जना शाखा अधिकृत र कानून समूहका १९ जना अधिकृतको सरुवा गरेको छ ।

Similar Posts