काँग्रेस ताप्लेजुङको दोस्रो घुम्ति बैठक फुङलिङमा

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ८ । नेपाली काँग्रेस ताप्लेजुङले मासिक रुपमा सुरु गरेको जिल्ला कार्य समितिको घुम्ति बैठक यसपटक असार १४ गते फुङलिङमा हुने भएको छ ।
पहिलो घुम्ति बैठक मेरिङदेनमा सम्पन्न गरेको काँग्रेस ताप्लेजुङको दोस्रो बैठक फुङलिङमा गर्न लागेको हो । नेपाली काँग्रेस ताप्लेजुङका सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार बैठक असार १४ गते शनिवार दिनको ११ बजेदेखि सामुदायिक भवन सिटीहलमा सुरु हुने छ । बैठकका लागि काँग्रेस ताप्लेजुङले जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य,महासमिति सदस्य तथा महाधिबेशन प्रतिनिधि,फुङलिङबाट प्रतिनिधत्व गर्ने प्रदेशसभा क्षेत्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य, फुङलिङबाट प्रतिनिधत्व गर्ने कोशी प्रदेश अधिबेशन प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।
बैठकमा फुङलिङ नगरबाट प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु,फुङलिङ नगरपालिकामा पार्टीकातर्फबाट निर्वाचित जनप्रतिनिधिहरु,पार्टीको फुङलिङ नगर कार्य समितिका पदाधिकारी एवम् सदस्यहरु,फुङलिङ नगरपालिकाका ११ वटै वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरु,११ वटै वडाका क्षेत्रीय प्रतिनिधिहरु र फुङलिङ नगरका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।
काँग्रेस ताप्लेजुङले जिल्ला कार्य समितिको मासिक नियमित बैठक जिल्लाका प्रत्येक पालिकामा पुगेर बस्नेगरी घुम्ति बैठकको रुपमा रुपान्तरण गरेको छ ।