आठराई त्रिबेणी बन्यो पूर्णखोप सुनिश्चित पालिका

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
पालिकाका ५ वटै वडालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएसंगै सोमवार पालिकालाई नै पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आठराई त्रिबेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिकाको रुपमा घोषणा गर्नुभयो ।
पालिकाले पूर्ण खोप सुनिश्चित वडा तथा पालिका बनाउने अभियानमा भूमिका निर्वाह गर्ने ५ वटै वडा,सम्वधित स्वास्थ्य संस्था,प्रत्येक वडाका एक–एकजना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र एकजना खोप स्वास्थ्य कार्यकर्तालाई समेत सम्मान गरेको पालिका अध्यक्ष पोमूका स्वकीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा भईसकेको छ ।