राश्वपा ताप्लेजुङको सभापतिमा श्रेष्ठ चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)ताप्लेजुङको सभापतिमा वीरेन्द्र श्रेष्ठ चयन हुनु भएको छ । उहाँ यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

राश्वपाको प्रथम जिल्ला भेलाले जिल्ला उपसभापतिमा दावा शेर्पा,सचिवमा नरेन्द्रकुमार पौडेल र सहसचिवमा लिलाप्रसाद पौडेल चयन हुनु भएको छ । एक संघीय निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा हरि थापालाई संघीय निर्वाचन क्षेत्र संयोजकको जिम्मेवारी दिईएको छ । राश्वपाको जिल्ला सदस्यहरुमा निर्मला लाबुङ खिम्दिङ, नयानाथ तिवारी(नरेन्द्र)सरिता गुरुङ,खेमराज बराल,सुशिला कार्की,शान्ति सिवा,नुपु शेर्पा र दुर्गाप्रसाद थापा चयन हुनु भएको छ ।

फुङलिङ नगर संयोजकमा राजन गुरुङ र सचिवमा युवराज बराल यसअघि देखिनै जिम्मेवारीमा रहनु भएको छ । यसअघि जिल्ला तर्दथ समिति रहेकोमा प्रथम जिल्ला भेलामार्फत जिल्ला समिति बनेको हो । पार्टीको केन्द्रीय नेतृत्वबाट ताप्लेजुङ जिल्ला संयोजनको जिम्मेवारीमा रहनु भएकी नेतृ तोसिमा कार्की,केन्द्रीय सहप्रवक्ता रमेश प्रसाँई सहितका नेताको उपस्थितिमा राश्वपा ताप्लेजुङको प्रथम जिल्ला भेला सम्पन्न भएको थियो । राश्वपाले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकामा पनि भेला सम्पन्न गरिसकेको छ । राश्वपाले अब पालिका र वडा भेलाको तयारीमा जुट्ने बताएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts