| |

मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २० । ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार कार्यक्रम आयोजना गरी उक्त नाटक पुस्तकको विमर्श गरिएको हो ।
जिल्लास्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको सन्देशबारे स्वयम् लेखक हेल्लोकले प्रस्ट्याउनुभएको थियो । समिक्षकका रुपमा कार्यक्रममा सहभागी हुनुभएका ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टंकबहादुर भट्टराईले नाटक पुस्तकको चर्चा गर्नुभयो ।
पुस्तकको समीक्षा गर्नुहुँदै भट्टराईले नाटक विधा पुस्तकसँगै मन्चन गरेमा नाटकले दिन खोजेको विषय वा सन्देश थप प्रष्ट हुने बताउनुभयो । नाटक वा कुनै पनि विधामा कलम चलाउनु र पुस्तक प्रकाशन गर्नु सजिलो नभएको बताउँदै स्तरीय कृति लेखनतर्फ लेखकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
विमर्श कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई (अकिञ्चन) र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतमले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो । साहित्यकार हेल्लोकले जनयुद्धबाहेक तराई पहाड लिम्बुवान र सङ्घीय सहअस्तित्व नामक नाटक विधाका पुस्तक लेखन तथा प्रकाशन गर्नुभएको छ ।
यस्तै सुन्दर समाजका सपनाहरु, चेलीका सुस्केराहरु, सुम्निमाको कारुणिक कथा नामक लघु उपन्यास खेल्नुभएको छ । हेल्लोकका अन्य कथा, खण्डकाव्य, कविता लगायतका विधा गरी एक दर्जनको सङ्ख्यामा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts