ताप्लेजुङमा साढे ७० हजारले भरे राष्ट्रिय परिचयपत्रको विवरण,साढे ११ सयले लगे कार्ड

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले झण्डै साढे ११ सय जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरेको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार १ हजार १ सय ३४ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको छ । यो चालू आवको साउन भरीको तथ्याङ्क हो । आर्थिक बर्ष २०८०।८१ मा ९ सय ३० जनाको कार्ड बितरण गरेको प्रशासन कार्यालयले चालू आवमा २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र बितरण गरेको छ । प्रशासन कार्यालयका अनुसार अहिले सम्म ताप्लेजुङबाट ७० हजार ५ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराईसकेका छन् ।

१६ वर्ष उमेर पूरा भएको र नेपाली नागरिकताको प्रमाण– पत्र लिएको व्यक्तिले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गर्न सक्नेछन् । त्यसका लागि परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले विभागले तोकेको निकाय वा अधिकारीलाई विद्युतीय तस्विर,दुवै हातका १० औंलाको रेखा सहितको विद्युतीय ल्याप्चे छाप,हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।

परिचयपत्रको कार्ड लिनका लागि भने परिचयपत्र वाहक स्वयं उपस्थित हुनु अनिवार्य रहेको छ । परिचयपत्रको कार्ड बितरण गर्दा सम्वन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकोले स्वयं उपस्थित हुनुपर्ने नियम रहेको प्रशासन कार्यालयले जनाएको छ । बिद्युतीय तस्विर,दुवै हातका १० औंलाको रेखा सहितको बिद्युतीय ल्याप्चे छाप,हस्ताक्षर लगायतकालाई जैविक विवरण भनिन्छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts