|

ताप्लेजुङ गोल्डकपको सेमीफाईनल पुग्ने दोस्रो टोली बन्यो सिराहाको सलहेश

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । सिराहाको सलहेश फुटबल क्लव दोस्रो आमन्त्रित ताप्लेजुङ गोल्डकपको सेमीफाईनल पुग्ने दोस्रो टिम बनेको छ । सोमवार भएको पहिलो खेल जित्दै ताप्लेजुङको संघर्ष स्र्पोटिङ क्लव यसअघि नै सेमीफाईनल पुगी सकेको छ ।

पाँचथर वाईवाई फुटबल क्लव पाँचथरलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेशले अन्तिम चारमा स्थान बनाएको हो । सलहेशका लागि मध्यान्तर अघि ४१ औं मिनेटमा जय गुरुङले गरेको गोल नै खेलको निर्णयका लागि पर्याप्त बन्यो । उहाँले डिवक्सको बाँयाभागतर्फको करिव ३० यार्ड टाढाबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । सलहेश तीन बिदेशी खेलाडी क्रमशःजोन ग्लोरी,सेवेए र कार्लोस साम सहित राष्ट्रिय खेलको अनुभव लिएका खेलाडीहरु लिएर मैदानमा उत्रिएको थियो । मछिन्द्र क्लवबाट खेल्ने गोलरक्षक प्रदीप भण्डारीको उत्कृष्ट बचाउका कारण पाँचथरका अधिकाँस प्रहारले गोलको दिशा लिन सकेन ।

पाँचथरले सिराहा बिरुद्ध पुनरागमन जीत निकाल्न प्रयत्न गरेपनि उ जीतबाट चुक्यो । खेलमा फर्कन पाँचथरले सिराहाका फरवार्ड खेलाडी ग्लोरी र रक्षापंक्तिका खेलाडी सेवेएलाई ‘टाइटमा’राखेपनि उ गोलका लागि असमर्थ भयो । मध्यान्तर पछिको खेलमा उच्च लयका साथ खेलमा फर्कने विफल भएपछि पाँचथर पहिलो खेलबाटै बाहिरिएको छ । पाँचथर वाईवाई फुटबल क्लवले गोलरक्षक विवेक मगरलाई परिवर्तन गरी रोशन नेपाललाई मैदान उतारेको थियो ।

मंगलवारको खेलमा पाँचथरका तीन खेलाडी क्रमशःउमेश कार्की,मानबहादुर परियार र बसन्त ओझा तथा सिराहाका सेवेएले पहेंलो कार्ड पाउनु भएको थियो । बुधवार हुने तेस्रो क्वाटर फाइनल खेलमा समूह ‘ए’ मा रहेका रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लवले सगरमाथा युथ क्लव मोरङको सामना गर्ने छ । यसबर्षको गोल्डकपका बिजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts