| |

तीर्थयात्रीले हराएको झोला फेला पारी प्रहरीद्वारा फिर्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १३ । ताप्लेजुङमा हराएको झोला फेला पारेर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । पाथीभरा दर्शनमा आउने एक तीर्थयात्रीले हराएको नगद, मोबाइल सहितका सामग्री भएको झोला बिहीबार प्रहरीले भेटेर सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।
पाथीभरा दर्शन गर्न आउनुभएकी दाङको घोराही उपमहानगरपालिका–१५ बस्ने ४६ वर्षीया पार्वती लामिछानेले हराउनुभएको झोला पाथीभरा मन्दिर परिसरमा भेटेर बुझाइएको हो । एकथान मोबाइल सेट, नगद १० हजरा रुपियाँसहित अन्य सामान भएको महिलाले बेक्ने झोला (लेडिज ब्याग) भेटेर लामिछानेलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले बताउनुभयो ।
लामिछानेले पाथीभरा मन्दिर परिसरमा नै आफ्नो हराएको भनी प्रहरीलाई जानकारी गराउँदै खोजी दिन आग्रह गर्नुभएको थियो । उहाँको जानकारी माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले झोला फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको लुङगेलीले जानकारी दिनुभयो ।
अहिले पाथीभरा दर्शन गर्ने सिजन (मौसम) भएकाले विभिन्न टाढा टाढाका जिल्लाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । यस्तै नेपाला बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल लगायतका ठाउँबाट पनि उल्लेख्य भक्तजन आइरहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts