चौंथो कार्यकालका लागि विद्यालय अध्यक्षमा बुढाक्षेत्री चयन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन २७ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङस्थित राष्ट्रिय माध्यमिक विद्यलायको व्यवस्थापन समिति अध्यक्षमा चौंथो कार्यकालका लागि पुनः खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चयन हुनुभएको छ । मङ्गलबार भएको अभिभावक भेलाले बुढाक्षेत्रीलाई विव्यस अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा राजेन्द्र भण्डारी, दीपक भण्डारी, सीता लिम्बू, देवीमाया भण्डारी, हरिनारायण लिम्बू र रत्ना भण्डारीलाई चयन गरेको छ । करिव ८० प्रतिशत बढी अभिभावकहरुको भेलाले व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको समितिका सदस्य–सचिव एवम् प्रधानाध्यापक श्याम भण्डारीले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रको विकास तथा विद्यालय व्यवस्थापनमा गाउँकै अगुवा समाजसेवी बुढाक्षेत्रीको योगदान अझै आवश्यक रहेकोभन्दै अभिभावक भेलाले उहाँलाई नै समितिको नेतृत्वमा चयन गरेको बताइएको छ । यता नवगठित विव्यस अध्यक्ष बुढाक्षेत्रीले पनि राष्ट्रिय माविलाई व्यवस्थित बनाउनमा समितिका सदस्यहरु, शिक्षक, अभिभावक सबै क्षेत्रको समन्वय र सहयोगमा आफू लागिपर्ने बताउनुभएको छ ।
यस्तै मङ्गलबारकै भेलाले सुरेन्द्र लिम्बूको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको सदस्यहरुमा सरिता भण्डारी, हीमा गौतम, जीतमान लिम्बू, आशबहादुर बयलकोटी, हिमाल लिम्बू, विजय भण्डारी, राम भण्डारी, डिल्लीराम कार्की तथा पदेन सदस्यमा खेलप्रसाद बुढाक्षेत्री र श्याम भण्डारी रहनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts