प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पछि ताप्लेजुङमा करिव पैंतालिस सयले मतदाता नामावलीमा नाम दर्ता गराए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पछि ताप्लेजुङमा ४ हजार ४ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार २ हजार ६ सय ५४ पुरुष र १ हजार ७ सय ९६ महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । दुलालका अनुसार २०७९ साल चैत २८ गते सम्ममा ३ हजार ८ सय ४८ तथा २०८० साल बैशाख देखि फागुन पहिलो साता सम्ममा ६ सय २ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला गरी कूल ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नयाँ नाम दर्ता सहित मतदाता नामावलीमा नाम दर्ता गर्नेको कूल संख्या ९२ हजार ७ सय ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रममा ३२ जनाले नामावलीमा भएको त्रुटी सच्याएका छन् भने २६ जनाले जिल्ला भित्रको ठेगाना र ४९ जनाले अन्तर जिल्ला ठेगाना सारेको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच सोमवार आठौं निर्वाचन दिवस मनाईने भएको छ ।

७ प्रदेश निर्वाचन कार्यालय र देशभर रहेका जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीको उपस्थितिमा निर्वाचन आयोगले भर्चुअल अन्तर सम्बाद कार्यक्रम हुने गरी सूची पठाएको समेत निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले डिजिटल ब्यानर प्रर्दशन,सम्वन्धित कार्यालय सफाई र तीनदिन साँझ कार्यालयहरुमा दीपावली गरी निर्वाचन दिवस मनाउने गरी निर्देशन दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts