कार्यदेशलाई पहिलो सर्त मान्छु,व्यक्तिगत लहडमा चल्दिन ः डिआईजी खापुङ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २३ । कोशी प्रदेश प्रहरी प्रमुख(डिआईजी)चन्द्रकुबेर खापुङले आफु कार्यदेश भन्दा अलिकति पनि तलमाथि हुनेगरी कार्यसम्पादनको पक्षमा नरहेको बताउनु भएको छ ।

जिल्लाको बस्तुस्थिति बुझ्ने क्रममा ताप्लेजुङ आईपुग्नु भएका खापुङले व्यक्तिगत लहडमा आफु नजाने र अनावश्यक फण्डाबाजी समेत नगर्ने दोहो¥याउनुभयो । प्रहरीप्रति जनताको अपेक्षा ठूलो रहेकोले शान्ति सुरक्षामा कुनै सम्झौता नगरी अघि बढ्न उहाँले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनु भएको छ । कार्यदेश भन्दा तलमाथि नहुनेगरी कार्य सम्पादन गर्ने हो भने यसले प्रभावकारी नतिजा ल्याउने उहाँको भनाई थियो । उहाँले अनावश्यक फण्डाबाजीले नतिजा नदिने भएकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न समेत प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । सुरक्षा चुनौतिलाई सबै सुरक्षा निकायको सहकार्यमा सापेक्षित समाधान गर्न सकिने उहाँको भनाई छ ।

पाथीभरा केवलकार निर्माण सम्वन्धीको बिषयमा संक्षिप्त प्रतिक्रिया दिदैं उहाँले यो बिना मतभेद व्यवस्थापन होस् भन्ने पक्षमा आफुहरु रहेको बताउनुभयो । नेपाल प्रहरी सेनापछिका पुरानो संगठित संस्था भएको भन्दै उहाँले जनताको शान्ति सुरक्षाको जिम्मेवारीलाई कर्तव्यको रुपमा लिएर पूरा गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नु भएको छ । प्रहरीमा सेवा निवृत्त हुने बित्तिकै अवकासमा जाने पद्धति छ नी ? भन्ने प्रश्नमा उहाँले ‘अवसर’को रुपमा परिभाषित गर्नुभएको छ । सेवानिवृत्त भएर सेवा छाडेकाहरुको स्थानमा तालिमप्राप्त जनशक्ति आउने भएकोले यसलाई नकारात्मक रुपमा लिन नहुने खापुङको भनाई छ । प्रहरी समायोजनको बिषय उठीरहेकोले प्रदेश प्रहरी ऐन र सम्वन्धित प्रदेश सरकारमार्फत प्रहरी जनशक्तिको बिषय सम्बोधन हुन सक्ने अपेक्षा समेत खापुङले लिनु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts