थपिए ३८० कोरोना संक्रमित, २४ घन्टामा ४० जना मात्र डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन २५ । पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । यस्तै, २४ घन्टामा ४० जना डिस्‍चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । मुलुकभर ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts